तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ प्रहरीद्वारा फरार ४ प्रतिवादी पक्राउ

तनहुँ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरूको खोजी गर्ने कार्य तीव्रता दिँदै आएको छ । जस अन्तर्गत सोमबार प्रहरीले फरार ४ जना प्रतिबादिलाई पक्राउ गरेको छ ।

अभद्र व्यवहार र विविध मुद्दामा शुक्लागण्डकी–४ दुलेगौँडा बस्ने २५ वर्षीय निनो श्रेष्ठ पक्राउ परेका छन् । अदालतको २ महिना १३ दिन कैद र १८ हजार जरिवाना भुक्तानी नगरी २०७६ पौष ९ गते देखी फरार रहेका थिए । फरार श्रेठलाई सोमबार उसकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसै गरी नगरकै वडा नं. ८ ढोरफिर्दी बस्ने ३४ वर्षीय तिल बहादुर बि.क.लाई पनि लागु औषध मुद्दामा प्रहरीले पक्राउ गरेको छ । लागु औषधमा संलग्न रहेका वि.कले अदालतको ३ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तानी नगरी २०७५ चैत २५ गते देखी फरार भएका थिए । फरार भएको डेढ बर्ष पछि प्रहरीले वि.क लाई पक्राउ गरेको हो ।

केही समय अगाडी पनि अभद्र व्यवहारको मुद्दमा फरार भएका दुई युवकलाई पक्राउ गरेको प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार गत वैशाख ११ गते भएको फैसला बमोजिम ११ हजार एक सय जरिवाना भुक्तानी नगरी फरार भएका थिए । उनीहरूलाई सोमबार बिहान निजको घरबाटै पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button