राजश्व छली ल्याइएको मोबाइलसहित एक जना पक्राउ

बारा । बारा प्रहरीले राजश्व छली ल्याएको लाखौँ मूल्य बराबरको मोबाइल सहित एक जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगन्ज र इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले १ हजार ५ सय २० वटा मोबाइल बरामद गरेको हो ।
जीतपुरसिमरा उप–महानगरपालाका वडा न.२१ स्थित इलाका प्रहरी कार्यालय अमलेखगन्ज अगाडी सडकमा हेटौडा तर्फबाट पथलैया आउँदै गरेको प्रदेश २–०३–००१ च.१४३ न.को बोलेरो पिकअपमा केराको पात र पालले छोपेर ल्याउँदै गरिएको अवस्थामा मोबाइल बरामद गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो ।
प्रहरीले सवारी चालक जिल्ला बारा कोल्वी नगरपालिका वडा न. ४ का ४५ वर्षीय पदम बहादुर घिमिरे रहेका छन् । बरामद गरिएका मोबाइलको भन्सार मूल्य १५ लाख ८६ हजार बराबर रहेको छ।








प्रतिक्रिया राख्नुहोस्