तपाईँ सुन्दै हुनुहुन्छः

आज २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

File Photo

काठमाडौँ । आज देशभर २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


७ हजार ५ सय ३ नमूनाको  पिसिआर परिक्षण गर्दा १ हजार ७ सय १८ जना र ५ हजार ८२ नमूनाको ऐन्टीजेन परिक्षण गर्दा ९ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


कोरोना सङ्क्रमणबाट आज १ हजार ५ सय ६५ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ ।

सङ्क्रमणका आज थप १५ जनाको मृत्यु भएको भएको छ । यो सँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार २ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button