तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरपालिकाले ग र घ वर्गलाई पनि अपाङ्गता भत्ता दिने

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा अपाङ्गता भएका ग र घ बर्गलाई पनि चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता दिने भएको छ । 


उपप्रमुख सरस्वती देवी चौधरीको अध्यक्षतामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, स्थानीय समन्वय समितिको बैठकले अपाङ्गता परिचयपत्रमा भत्ता नपाउनेको हकमा विपन्नसहित सबै ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हो । 

परिचयपत्र जारी भएको मितिदेखि २०७८ असार मसान्त सम्मको अपाङ्ग भत्ता प्रदान गरिने व्यवस्था गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला अधिकृत सीमा यादवले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button