निजामती आवासीय विद्यालयको भवन निमार्ण कार्य सम्पन्न

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा नं ७ चुलिवन स्थित निजामती आवासीय विद्यालयको अत्याधुनिक, सुविधा सहितको तिन तले भवनको ५ करोड लागतमा निमार्ण सम्पन्न भएको छ ।
भवनमा ३ तला र दुई वटा हल सहितको २२ कोठा रहेका छन् । भवन प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको पहलमा साँढे ५ करोड लागतमा निमार्ण गरिएको प्रधानाध्यापक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
अहिले विद्यालयमा ५ देखि १० कक्षा सम्मको पढाइ सञ्चालन भइरहेको र आगामी दिनमा कक्षा १२ सम्मको कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक काफ्लेले जानकारी दिनुभयो ।
हाल विद्यालयमा १ सय ५० जना छात्रछात्रा अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्