पैसा तिर्न नसकेपछि शिशुलाई बन्धक बनाएको पिडितको आरोप

बीरगंज । सुत्केरी महिलाले अस्पतालको पैसा तिर्न नसकेपछि वीरगंजको आशाराम अस्पतालले नवजात शिशुलाई बन्धक राखेको आरोप पिडितका परिवारले लगाएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ निवासी रुन्ची देवी माँझीले बीरगंजको पानीटयांकीमा रहेको आशाराम अस्पतालमा तिन दिन अघि नर्मल डेलिभरीबाट शिशुलाई जन्म दिएको तथा बच्चा र आमाको अवस्था सामान्य रहेपछि सुत्केरी महिलालाई डिस्चार्ज गर्नु अघि अस्पतालले २५ हजारको बिल थमाएपछि आफूहरुले सो विल तिर्न नसक्ने र अत्यन्त गरिव परिवारको भएको भन्दै सुत्केरी महिला विलौना गर्न थालेपछि नवजात शिशुलाई अस्पतालले बन्धक राखेर पैसा ल्याउनको लागि महिलासहित उनको श्रीमानलाई घर पठाएको छ ।
पिडित महिलाले पैसा नल्याए आफ्नो शिशु अस्पतालले अनाथ गृहमा पठाई दिने चेतावनी दिएको बताउदै उनिहरु आफ्नो शिशु पाउनु पर्ने माग गर्दै जितपुर सिमरा उपमहानरपालिकाको १५ नम्बर वडा कार्यालयमा पुगेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले बीरगंज महानगरपालिकाका नगर प्रमुखसँग समन्वय गरी बच्चा उपलब्ध गराई दिन आग्रह गरेका छन् ।
नेपाल सरकारले सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई अस्पतालको सम्पूर्ण खर्च निःशुल्क गर्नुका साथै उल्टै सुत्केरी भत्ता समेत उपलब्ध गराउने व्यवस्था भए पनि निजी अस्पतालमा गरिव असहायहरुलाई प्रलोभनमा पारी झुक्याएर पुर्याउने गिरोहका कारण सर्वसाधारण ठगिदै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्