गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको समीक्षा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिले गरेको सो कार्यक्रममा जिल्लाका १२ वटा स्थानीय तहका धुरी पहिचानको सन्दर्भमा छलफल गरिएको हो।
सुपरिवेक्षक र गणकले गरिएको सङ्कलित पालिकाको तथ्याङ्क समीक्षा गर्दा ५४ प्रतिशत मात्र काम भएको देखिएको छ । अर्को कुरा ,फेरी सुपरिवेक्षक र गणकको काम गर्ने सम्झौताको समय सीमा सकिएको छ ।
बाँकी काम कसरी गर्ने भन्ने कुरा समस्याको रुपमा पैदा भएको छ । सुपरिवेक्षक र गणकले अव काम गर्ने सम्झौता नथपे काम नगर्ने बताएका छन् । यो समय सीमाभित्र काम नसक्नु स्थानीय पालिकाहरूको बेवास्ता कारण रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताएका छन् । स्थानीय तहहरूले जुन प्रकारले यो कार्यक्रमलाई चासो दिनुपर्ने थियो त्यो नभएको कारण अहिले सम्म ५४ प्रतिशत मात्र काम भएको तामाङले बताउनुभयो।
जिल्ला समन्वय समितिको प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न यस समीक्षा बैठकबाट बाँकी सर्वेक्षणको काम निरन्तर गर्न स्थानीय तहलाई आव्हान गरिएको छ ।
स्थानीय तहहरूले आफ्नो काम जस्तो नगर्ने र खटिएका गणक र सुपरिवेक्षकहरूलाई समेत आफ्नो कर्मचारीको रुपमा नस्विकारेको सहभागी सुपरिवेक्षकहरूको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्