तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री के।पी।शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिला नाथ श्रेष्ठले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७ पेस गर्नुभयो ।

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापा ९पार्वती०ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आ।व। २०७६ र ०७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूमा मनोनयनको लागि प्रस्ताव गर्नु भएको सदस्यहरूको नामलाई बैठकले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक असार २३ गते बुधवार दिउसो १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button