तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार ६६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त

File Photo

काठमाडौँ । नेपालमा आज थप ३ हजार ६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । 


यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि भई निको हुनेको कूल सङ्ख्या ६ लाख ६ हजार ६सय ६६ पुगेको छ भने निको हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


यस्तै आज थप २ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 


आज ५ हजार ८ सय ३७ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २७ जना तथा ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोनाका कारण आज थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार १ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button