तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश एमाले संसदीय दलको बैठकः बजेटको पक्षमा उभिन आग्रह

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको शुक्रवार बसेको बैठकमा बजेटको पक्षमा उभिन आफ्ना सांसदहरूलाई आग्रह गरिएको छ । 


प्रदेशका मुख्यमन्त्री एवं दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटमाथि केन्द्रित रहेर छलफल अगाडी बढाइएको थियो । 


बैठकमा नेता राजेन्द्र पाण्डेले तुलनात्मक रुपमा आव २०७८/७९ को बजेट सन्तुलित रुपमा आएको बताउनुभयो । बजेट सन्तुलित बनाउन सरकारले विशेष भूमिका निर्वाह गरेको बताउनुहुँदै उहाँले प्रस्तुत बजेटमा केही कमी कमजोरी भए आगामी दिनमा सच्याउँदै अगाडि बढ्न सकिने धारणा राख्नुभएको थियो ।


सरकारले धेरै राम्रा काम गरेको र त्यसको विषयमा प्रदेश सभामा बजेट माथिको छलफलमा र बजेट सन्तुलित रुपमा रहेकोले यसको पक्षमा उभिन एमालेका प्रदेश सभा सदस्यहरूलाई नेता पाण्डेले आग्रह गर्नुभयो ।


यसैगरी प्रदेशमा प्राकृतिक प्रकोप बाढी पहिरोबाट मानवीय तथा भौतिक क्षति भएकोप्रति दलले दुख व्यक्त गरेको छ । 


सांसदहरुले बोल्ने क्रम नसकिएकोले शनिबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button