तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या साँढे नौ सय बढी

भोजपुर । भोजपुरमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या साँढे नौ सय बढी पुगेको छ । 


बुधवार जिल्लामा १८ जना नयाँ संक्रमित थप भएसँगै कुल संक्रमित सङ्ख्या ९ सय ५६ पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । 


कार्यालयका अनुसार हालसम्म ६ सय ३४ जना संक्रमित निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । भोजपुरमा हाल पिसिआर परिक्षण भन्दा पनि बढी एन्टिजेन विधिबाट सङ्क्रमितको परीक्षण हुँदै आइरहेको छ । 

दोस्रो लहरको कोभिड १९ मा भोजपुरमा जम्मा ३ सय ८५ जनाको मात्र पिसिआर परीक्षण गरिएको छ । जसमध्ये १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन्ट परिक्षण विधिबाट ३ हजार ३ सय ३८ जनाको परिक्षण गरिएकोमा ८ सय ५५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । 


भोजपुरमा हाल २ सय ९५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला बाहिर २१ जनालाई उपचारको लागि पठाइएको छ भने संस्थागत आइसोलेसनमा १० जना र २ सय ८५ जना होम आइसोलेसनमा बसेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button