तपाईँ सुन्दै हुनुहुन्छः

कालिका नगरपालिकाको सहयोगमा चितवनका पत्रकारका लागि बिमा

चितवन । चितवन, कालिका नगरपालिकाको आर्थिक  सहयोगमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आफ्ना सदस्यहरूको दुर्घटना बिमा गरेको छ । 


महासङ्घका २ सय ६७ जना पत्रकारको प्रतिव्यक्ति रु ७ लाखको दुर्घटना बिमा गरेको हो । नेपाल पत्रकार महासङ्घ चितवन शाखामा सदस्य भएर नेपालमा रहेका सबैको बिमा गरिएको महासङ्घले जनाएको छ । 


कालिका नगरपालिकाको आर्थिक सहयोगमा युनाइटेड इन्सुरेन्सबाट बिमा गरिएको हो । बिमा भएका पत्रकारको मृत्यु भएमा रु ७ लाख, घाइते भएमा बढीमा रु ७० हजार सम्मको उपचार खर्च र अङ्गभङ्ग भएमा अवस्था अनुसार रकम भुक्तानी गरिने जानकारी दिइएको छ  । 


महासङ्घका अध्यक्ष नारायण अधिकारीले पत्रकारहरूको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिएको बताए । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले गत वर्षबाट महासङ्घलाई दिन थालिएको बिमालाई निरन्तरता दिइएको बताए । 

गत वर्ष पत्रकारहरूको रु ३ लाख बराबरको कालिका नगरपालिकाले बिमा गरेको थियो । 


आगामी वर्षमा पनि बिमालाई निरन्तरता दिने उनको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button