तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालको बहिरङ्ग सहितका सेवा सुचारु हुँदै

बीरगंज । वीरगन्जमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै नारायणी अस्पतालमा आगामी असार १८ गते देखि बहिरङ्ग सहितको अन्य सेवा सुरु हुने भएको छ । 


नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले आज एक सूचना जारी गर्दै आगामी असार १८ गते शुक्रवार देखि ओपिडी सेवासहित अन्य सेवा सुचारु गरिने बताउनुभयो । 


जारी सूचनामा बिहान ९ बजेदेखि ११ बजेसम्म ओपिडी टिकट काटिने र प्रारम्भिक चरणमा दैनिक २५ जना बिरामीलाई चेकजाँच गरिने कुरा उल्लेख गरिएको छ । 


अस्पतालले अन्य विशेषज्ञ सेवामा हाडजोर्नी, मुटु रोग, बालरोग, स्त्री तथा प्रसूति, नाक कान घाटी, मेडिसिन लगायत सेवा समेत प्रदान गर्ने सूचनामा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button