तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड १९ का कारण टुहुरा भएका बालबालिकाको तथ्याङ्क खोजिँदै

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले कोरोना सङ्क्रमणका कारण बाबुआमा गुमाएर टुहुरा भएका बालबालिकाको तथ्याङ्क सङ्कलन कार्य अघि बढाएको छ । 


परिषद्ले आज ललितपुरमा पत्रकार सम्मेलन गरी देशभरका सबै स्थानीय तहमार्फत कोरोना संक्रमण भई आमाबाबु गुमाएर टुहुरा भएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरी उनीहरूको सहज दैनिकी र जीवन यापनमा आवश्यक समन्वय गर्ने जनाएको छ । 


परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले ४ सय ५७ वटा बालगृहमा रहेका ११ हजार ३ सय ३२  बालबालिकामध्ये २२ वटा बालगृहमा आश्रित २ सय ५३ जना बालबालिकामा कोरोना संक्रमण देखिएको र त्यसमध्ये ५२ जना निको भएको जानकारी दिनुभयो । 


कार्यकारी निर्देशक धरेलका अनुसार बाकी बालबालिकाको विभिन्न सरकारी अस्पतालमा उपचार भइरहेको छ । परिषद्को तथ्यांकअनुसार कोरोनाको पहिलो र दोस्रो लहरमा ९ हजार बालबालिकामा संक्रमण भएको र ८० जना भन्दा बढी बालबालिकाको निधन भइसकेको छ ।


हालसम्म कोरोना सङ्क्रमणबाट परिवारको मृत्यु भई जोखिममा परेका ३ जना बालबालिकाको परिषद्ले संरक्षण व्यवस्थापन गरेको कार्यकारी निर्देशक धरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button