तपाईँ सुन्दै हुनुहुन्छः

हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाइते

   

      

सुनसरी । सुनसरी कोसी गाउँपालिका ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

आज बिहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर ९ का ४५ वर्षीय राम प्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका १३ का ३५ वर्षीय विवस तामाङ र हायसको सहचालक सोही स्थान ११ का २५ वर्षीय नारायण बत्सयालको विराट नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन सुनसरी प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button