तपाईँ सुन्दै हुनुहुन्छः

सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ

धादिङ । धादिङका सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ परेका छन् । 


नीलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गे हात पक्राउ गरेको हो । घुस मागेको भन्ने उजुरीको आधारमा स्ट्रीङ अपरेसन गर्दा कार्यालय प्रमुख पौडेल रङ्गे हात पक्राउ परेको आयोग प्रवक्ता नारायण प्रसाद रिसालले बताए । 


फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको बारेमा परेको उजुरी मिलाइदिने भन्दै फर्निचर ब्यबसायीसँग ४० हजार नगद लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।


पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने प्रवक्ता रिसालले जानकारी दिए । 
पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निकलण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button