तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक युवाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका–४ उपल्ला चौरमा करेन्ट लागेर शुक्रवार एक युवकको मृत्यु भएको  छ ।

ग्यारेजमा बाढीले ल्याएको ढुङ्गा माटो पन्छाएर सफा गर्ने क्रममा करेन्ट लागेर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ घर भएका १९ वर्षका सागर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपल्ला चौर स्थित राजकुमार शर्माको ग्यारेजको माटो सफा गर्दा करेन्ट लागेर ज्यान गएको ससुरा याम बहादुर विकले बताउनुभयो । आफूले माटो उठाउने र ज्वाइँले ठेलामा फाल्दै गर्दा करेन्ट लागेर ज्वाइँको हेर्दा हेर्दै अचेत भएको र अस्पतालमा उपचारका लागि लगिएको विकको भनाई छ ।

करेन्ट लागि अचेत भएर लडेका नेपालीलाई धौलागिरि अस्पताल पुर्‍याइएको र अस्पतालले केही समयमै मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button