तपाईँ सुन्दै हुनुहुन्छः

२१ घर परिवार पहिरोको जोखिममा 

पर्वत । निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको एक गाउँमा २१ परिवार जोखिममा परेका छन् । जिल्लाको जलजला गाउँपालिका ८ लस्तीमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीय जोखिममा परेका हुन् ।
आज दिउँसो माथिबाट पहिरो खस्न सुरु गरेपछि २१ घर परिवारलाई अन्यत्रै बसाई सर्न भनिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । दुई वर्ष अगाडी पहिरोले विस्थापित भएका गाउँले गत वर्ष फर्किएर घर बनाएर बस्दै आएका थिए ।
निरन्तरको वर्षाले फेरि पहिरोको रुपमा लिएपछि स्थानीय समस्यामा परेका छन् । पर्वतमा विगत केही दिनदेखि वर्षा भइरहेको छ भने गए राती देखि निरन्तर रुपमा भारी वर्षा भइरहेको छ । वर्षा बढ्दै गए पहिरोले बस्ती पुरिने खतरा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको वडाध्यक्ष जिसीले बताउनुभयो ।
बस्ती स्थानान्तरण गर्नुपर्ने भन्दै स्थानीय सरकारले सङ्घीय सरकारलाई सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button