कोरोना भाइरसको सङ्क्रमणका कारण कञ्चनपुरमा थप दुई जनाको मृत्यु

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमणका कारण कञ्चनपुरमा आज थप दुई जनाको मृत्यु भएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा भीमदत्त नगरपालिका ३ का ७८ वर्षीय पुरुष र बेलौरी नगरपालिका ९ का ८७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड –१९ फोकल पर्सन डा.गोविन्द रोकायाले बताउनुभएको छ ।
उहाँले आज अस्पतालमा ३० जना उपचाररत रहेका र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्