तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ दुई स्वास्थ्य संस्थालाई निडाद्धारा सहयोग

तनहुँ । अपाङ्गता भएका व्यक्तिको हितमा कार्य गर्दै आएको राष्ट्रिय एकिकृत विकास सङ्घ (निडा)ले तनहुँका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
जिल्लाका शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भिमाद नगरपालिकाको भिमाद स्वास्थ्य केन्द्रलाई झण्डै ५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको निडा तनहुँकी दिना गोतामेले जानकारी दिनुभयो । उहाँले कोभिड अस्थायी अस्पतालको रुपमा रहेका दुई स्वास्थ्य संस्थामा ६२ थान पिपिई, ५ थान अक्सोमिटर र १ थान अक्सिजन कल कन्सर्नट्रेटर सहयोग गरिएको बताउनुभयो ।
स्वास्थ्य सामाग्रीको अभावमा बिरामी र स्वास्थ्यकर्मीहरुले समस्या झेल्न नपरोस् भन्ने उद्देश्यले निडाले सहयोग गरेको हो । सहयोग सामाग्री ग्रहण गर्दै भिमाद स्वास्थ्य शाखाका प्रमुख प्रकाश नेपालीले विषम परिस्थितिमा स्वास्थ्य सामाग्रीहरू स्वास्थ्यकर्मीका लागि लडाइँमा हिँडेका योद्धालाई दिइने हतियार सरह महत्त्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो ।
निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा गैर सरकारी संस्थाको रुपमा परिचालन हुँदै आएका छ । यो संस्थाले तनहुँमा अपाङ्गता भएका व्यक्तिहरूको पुर्नस्थापनासंगै व्यावसायिक सिपमूलक तालिम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button