झापामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिकामा थप दुई जना कोरोना सङ्क्रमितको आज निधन भएको छ ।
निधन हुनेहरू वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताउनुभयो ।
वडा नम्बर १० का ३९ वर्षीय पुरुषको दमक लाइफलाइन अस्पतालबाट एम्बुलेन्समार्फत घर ल्याउने क्रममा बाटोमै निधन भएको बताइएको छ ।
त्यस्तै वडा नम्बर १३ का ५२ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा निधन भएको हो ।
आज थप दुई सङ्क्रमितको निधन हुँदा मेचीनगरमा कोरोनाको दोस्रो लहरका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्