स्पेनबाट आयो स्वास्थ्य सामग्री

काठमाडाैँ। कोरोना महामारीको उपचार र रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार स्वास्थ्य सामग्रीहरूमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजेन टेष्ट किट्स र पिपिई लगायत छन् ।स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टड जहाज ती स्वास्थ्य सामग्री लिएर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
ती स्वास्थ्य सामग्रीहरु विमानस्थलमै स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।










प्रतिक्रिया राख्नुहोस्