पर्वतमा एकै दिन २ सङ्क्रमितको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १० पुग्यो
पर्वत । पर्वतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
आज पोखरामा उपचाररत २ जना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको सङ्ख्या १० पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज मृत्यु हुनेमा जिल्लाको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका ४२ वर्षीय पुरुष र फलेवास नगरपालिका वाड नं. ५ का ६४ वर्षीय पुरुष रहनु भएको छ ।
खौलालाँकुरीका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ः१५ बजे र फलेवासका पुरुषको ९ः३२ बजे सङ्क्रामक तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको हो ।
पर्वतमा वैशाख २२ गते यता दैनिक एक जनाको मृत्यु भएकोमा आज एकै दिन २ जनाको मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्