बीरगंजमा थप १ सय ३८ मा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप १ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा ९६ जना पुरुष र ४२ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये १ सय ७ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २१ जना, रौतहटका ४ जना, सर्लाहीका ३, महोत्तरीका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ९ वर्षदेखि ८२ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव १ देखी ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्