तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज नगरपालिकाको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको नगर प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिनुभयो ।
अत्यावश्यक बाहेकका सबै सेवा हाललाई स्थगित गरिएको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button