तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ पर्वतमा आइसोलेसन कक्ष निर्माण

पर्वत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पर्वतले आफ्नो कार्यालय रहेको भवनमा ५ शैयाको आइसोलेसन कक्ष निर्माण गरेको छ ।
कोरोना सङ्क्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा शैयाको अभाव हुने अनुमानसहित पत्रकारलाई समस्या नहोस् भनेर आइसोलेसन निर्माण गरिएको नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घको सभा हलमा शैया निर्माण गरिएको छ । आइसोलेसनमा सेनिटाईजर, मास्क, ग्याँस चुल्हो, भान्साका लागि चाहिने सम्पूर्ण सामानसहित खाद्यान्न समेतको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कोरोना संक्रमण भएमा पत्रकार र तिनका परिवारलाई बस्नका लागि बनाइएको आइसोलेसनमा अक्सिजनको समेत व्यवस्था गर्न पहल भइरहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button