तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ७ हजार ६ सय ६० जना संक्रमित भएका छन् ।

१६ हजार १ सय ३१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ हजार ५ सय ८७ जना तथा ५ सय ७१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७३  जना गरी जम्मा ७ हजार ६ सय ६० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
देशभरबाट गएको २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभरि आज कोरोना सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ४ सय १७  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा ५९ हजार ७ सय ९८ सक्रिय संक्रमित आइसोलेसनमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button