तपाईँ सुन्दै हुनुहुन्छः

बालिका अपहरण गरी लैजाँदै गरेको अवस्थामा भारतीय महिला पक्राउ

बीरगंज । बाराको कलैयाबाट ४ वर्षीया बालिकालाई अपहरण गरी रक्सौल लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले एक महिलालाई पक्राउ गरेको छ ।
बालिकासहित विहार रक्सौल तुमरिया टोल निवासी ४५ वर्षीया सीमा देवी साहलाई स्थानीयको सहयोगमा नगवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नियन्त्रणमा रहेकी महिलालाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको पाण्डेले बताउनुभयो । कलैया उपमहानगरपालिका मोतीबाग टोल निवासी बृजकिसोर सरार्फकी ४ बर्षीया छोरीलाई महिलाले ललाई फुकाई भारत रक्सौलतर्फ लगी रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सरार्फको घरमा डेरा लिई केही समयदेखि बस्दै आएकी सीमा देवीले बालिकालाई रक्सौल घुमाउने बहानामा लगेको बताइएको छ  ।
बालिकालाई बारा प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने महिलालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button