बाँकेमा थप २ सय ५३ नयाँ कोरोना सङ्क्रमित थपिए

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा थप २ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय २८ नमुना परीक्षण गरिएकोमा २ सय ५३ जनामा भाइरस सङ्क्रमण पोजेटिभ देखिएको हो ।
२ सय ५३ मध्ये बाँकेको २ सय ४ जना रहेकोमा नेपालगन्ज उपमहानगरपालिकाको मात्र १ सय४८ जना रहेका छन् ।
जिल्लामा अन्य तीन ठाउँमा कोरोनाको जाँच हुने गरेको भए पनि समाचार तयार पार्ने बेलासम्म मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याद र जमुनहा नाकाको रिपोर्ट आउन सकेको थिएन ।
यसको अनुपात ७७ दशमलव १३ प्रतिशत हुन आउँछ । जसमा १ सय १८ महिला र १ सय ३५ पुरुष छन् ।
२ वर्षदेखि ८२ बर्षसम्मकालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सङ्क्रमितको औसत उमेर ४० वर्ष रहेको भेरी प्रादेशिक अस्पतालले जनाएको छ ।
सङ्क्रमित हुनेहरू २० देखि २९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएको छ । र त्यसपछि ३० देखि ३९ वर्ष उमेर समूहका छन् ।








प्रतिक्रिया राख्नुहोस्