सरकार र निजी क्षेत्रबीच छलफल
काठमाडौँ । सरकारले कोरोनाको विद्यमान विषम परिस्थिति तथा विद्यमान आपूर्ति व्यवस्थालाई सहज बनाउने सम्बन्धमा शुक्रवार निजी क्षेत्रसँग छलफल गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा भएको छलफलमा अहिलेको अवस्थामा दैनिक उपभोगका सामानहरूको ढुवानी सुचारु गर्ने, बजारमा अभाव सिर्जना हुन नदिने र कोरोनाको प्रकोपबाट बचेर काम सुचारु गर्ने विषयमा छलफल केन्द्रित भएको उद्योग मन्त्रालयका प्रवक्ता डा नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
छलफलको क्रममा आगामी आर्थिक वर्षका लागि उद्योग र वाणिज्य क्षेत्रका लागि के कस्ता नीतिगत र कानुनी प्रावधानहरू अघि सार्नु उपयुक्त होला भन्ने सम्बन्धमा पनि मन्त्री भट्टले उद्योगी व्यवसायीहरूसँग सुझाव लिनुभएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्