तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

फाइल तस्बिर
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–१ स्यापीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ सिरुगाढका २१ वर्षीय गणेशबहादुर बुढा रहेको छेडागाढ–१२ का वडा अध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो ।
गणेशबहादुर बुढालगायत उनका साथीहरू शिवालय–१ को वडा कार्यालयको काठ चिरान गर्न स्यापी गएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button