तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकामा नेपाल फर्कनेको लर्को : धमाधम भेटिँदै छन् संक्रमित (भिडियोसहित)

कपिलवस्तु । पछिल्लो समय रोजगारीका लागि भारत पुगेका नेपाली स्वदेश फर्किने क्रम बढेको छ ।

भारतमा कोरोना महामारी बढेसँगै रोजगारीका लागि भारतमा पुगेका नेपाली नागरिकहरू नेपाल फर्किनेक्रम बढेको हो ।

कृष्णनगर सिमानाकाबाट मात्र भारतको विभिन्न शहरमा काम गरी रहेका तीन–चार सय नेपाली दैनिक नेपाल फर्कने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतबाट आउने नेपालीहरूलाई चेकजाँच गर्दा एन्टिजेन पोजेटिभ भेटिँदै छ । दैनिक १० देखि १५ जनामा एन्टिजेन पोजेटिभ भेटिए पनि उनीहरूको अवस्था सामान्य रहेको कृष्णनगर नाकाका स्वास्थ्य कर्मचारीको भनाई छ ।

एन्टिजोन पोजेटिभ भेटिएका बिरामीहरूलाई घरमै आईसुलेसनमा बस्न सुझावसहित निजी साधनद्वारा घर पठाइएको छ । खुल्ला सिमा नाका भएका कारण दैनिकी चलाउन मान्छेहरू नेपाल भारत आउजाउ गरी रहेकोले पनि कपिलवस्तु कोरोनाको हटस्पोर्ट बन्न पुगेको बताइन्छ ।

कपिलवस्तुमा अहिले तीन सय २० सक्रिय संक्रमित रहेका छन् भने ४३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले जनकारी दिनुभयो । जिल्लामा हिजो (बिहीबार) मात्रै कोरोनाबाट ५ जनाको ज्यान गएको थियो ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button