तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा एक साता निषेधाज्ञा

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार मध्यरातीदेखि निषेधाज्ञा लागु गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा शुक्रबार राति १२ बजे देखि एक सतालाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

आज बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार राति १२ बजे देखि २४ वैशाखसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । सुनसरीका इनरुवा, दुहवी, धरान, इटहरी उपमहानगरपालिका, रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

उक्त समयावधि भित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन नपाइने एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइने छैन । यस्तै, १० वर्षमुनि र ६० वर्ष माथिका व्यक्ति तथा दीर्घ रोगीलाई अत्यावश्यक बाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसल लगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपन डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

सरकारी, बैक, बितिए, बिमा लगायत कार्यालयहरूबाट माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्नेछ भने अत्यावश्यक बाहेकका अन्य सेवालाई स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button