तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनमोर्चाका सांसद शाहीको स्पष्टोक्ती : बिरामी भएरै अस्पताल भर्ना भएको हुँ

पोखरा । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुुनुअघिकै छलफलमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफ्नो पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उपचाररत सांसद खिमविक्रम शाहीले आजै एक विज्ञप्ती जारी गर्दै आफू बिरामी भएका कारण अस्पतालमा रहेको प्रष्टीकरण दिनुभएको हो । शाहीले सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भई आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल गएको बताउनुभएको छ ।

अस्पताल लैजाने क्रममा म बेहोस भएँछु,’ भाईले मलाई अस्पताल ल्याउनुभयो, ‘म अहिले उपचाररत छु , हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छु जारी विज्ञप्तीमा भनिएको छ, म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

संसदमा अनुपस्थित भएर अस्पताल भर्ना हुनुभएका शाहीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको आरोप लागेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा उहाँ अनुपस्थित हुँदामात्रै मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव असफल हुने थियो । अविश्वासको प्रस्ताव माथी हिजै मतदान गर्ने कार्यसुचीका साथ प्रदेश सभा बैठकमा छलफल चल्दै गर्दा सभामुखले अनिश्चितकालका लागि बैठक स्थगन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button