तपाईँ सुन्दै हुनुहुन्छः

झापामा तीन पत्रकारमा कोरोना सङ्क्रमण

भद्रपुर, झापा । झापामा तीन जना पत्रकार कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरू पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना संक्रमण पुष्टि भएको हो । बराल बिर्तामोडस्थित रेडियो भिजनमा, ढकाल स्थानीय पूर्वाञ्चल दैनिकमा आबद्ध हुनुहुन्छ भने दर्नाल स्वतन्त्र पत्रकारका रुपमा चिनिनुहुन्छ ।
तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button