तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाको पहिले दिन काठमाडौँ उपत्यकाको जनजीवन शान्त

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवार सडक खण्ड । तस्वीर : प्रदीपराज वन्त, रासस

काठमाडौँ । निषेधाज्ञाको पहिले दिन काठमाडौँ उपत्यकाको जनजीवन शान्त देखिएको छ ।

निषेधाज्ञाको पालना गराउन प्रहरीले सुरक्षा चेकजाँचलाई कडाइ गरेसँगै सडक सुनसान हुनुका साथै मानिसहरूको आवतजावत पनि कमी देखिएको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रवक्ता श्याम कृष्ण अधिकारीले निषेधाज्ञाको उल्लङ्घन गर्ने १ हजार ५ सय सवारी नियन्त्रणमा लिइएको र अनावश्यक रुपमा, घरबाहिर निस्कनेहरूलाई फर्काउने गरिएको जानकारी दिनुभयो ।

उपत्यकाका विभिन्न स्थानहरूमा प्रहरी चेकजाँच बढाइएको पनि प्रवक्ता अधिकारीले बताउनुभयो ।

निर्धारित समयभन्दा अरू समयमा घरबाट बाहिर ननिस्कन प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button