काँग्रेस केन्द्रिय समितिको बैठक स्थगित
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय समितिको आजको लागि निर्धारित बैठक स्थगित गरिएको छ ।
केन्द्रिय समितिका सदस्य र सचिवालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
काँग्रेस केन्द्रिय कार्यसमितिको अर्को बैठकको मिति भने तय गरिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्