टिपरको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

सप्तरी । टिपरको ठक्करबाट घाइते भएका सप्तरीको सप्तकोसी नगरपालिका–९ का देवनारायण खङ्गको बुधवार बिहान मृत्यु भएको छ ।
नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
मृतकका आफन्त पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो ।
मृतक सप्तरीको साबिक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन् ।
सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक गत वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो । घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्