बस्नेत राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौँ । गौरव बस्नेत नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । गौरव बस्नेतलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।
मङ्गलवार एन्फाका महासचिव इन्द्रमान तुलाधरले बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो । बस्नेतले यसभन्दा अघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेको अनुभव छ भने एएफसी र एन्फाको ‘ए’ श्रेणीको लाइसेन्स कोर्स पनि पुरा गर्नुभएको छ ।
बस्नेतले अक्टोबरमा हुने २०२२ एएफसी फुटसल एसियन कपको छनोटमा जिम्मेवारी सम्हाल्नुहुनेछ ।








प्रतिक्रिया राख्नुहोस्