तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध    

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउने र विमानस्थललाई प्रयोग गरी तेस्रो मुलुकको यात्रामा रोक लगाएको छ ।

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई ध्यानमा राखी यही वैशाख १५ गते मध्य रातदेखि लागू हुने गरी विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा विदेश जान पाउने व्यवस्थामा भने कुनै परिवर्तन नगरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button