तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा मास्क नलगाउनेलाई जरिवाना, पहिलो दिन ३७ जनालाई कारवाही


कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णय बमोजिम प्रहरीले सामेबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई ५० रुपैयाँ जरिवाना गर्न थालेको हो।पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाही स्वरुप उनीहरुबाट १८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?’ अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङ समेत गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button