तपाईँ सुन्दै हुनुहुन्छः

मनमोहनको सपना साकार गर्न लागिपरेका छौँ : मुख्यमन्त्री राई 

सुनसरी । २३ औँ मनमोहन स्मृति दिवसमा मनमोहन अधिकारीका योगदान र सपनाको चर्चा गर्नुहुदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अधिकारीको सपना साकार गर्न आफूहरू लागि परेको बताउनुभयो ।
सोमबार स्व.मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा सुनसरीको धरानमा मुख्यमन्त्री शेरधन राईले अधिकारीले समृद्ध नेपाल निर्माणका लागि देखेका सपना आजका कम्युनिष्ट नेतृत्वले पुरा गर्नुपर्ने अभिभारा रहेको बताउनुभयो ।
धरानस्थित श्याम चोकमा रहेको मनमोहन अधिकारीको शालिकमा माल्यार्पण गर्नुहुँदै  दक्षिण एसियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको २३ औँ स्मृति दिवस मनाइरहदाँ वडाको सपनाहरू साकार गर्ने काम भएको र बाकी रहेकाहरू पुरा गर्न लागि परेको बताउनुभएको छ ।
मनमोहन अधिकारीको नेतृत्वमा सञ्चालित कम्युनिष्ट सरकारको ९ महिने शासनकाललाई नेपाली जनताले स्वर्णिम समयका रुपमा सम्झना गरिरहने मुख्यमन्त्री राईले उल्लेख गर्नुभयो । मुख्यमन्त्री राईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मनमोहनको सपना साकार गर्न उहाँको उत्तराधिकारीका रुपमा समृद्ध नेपाली सुखी नेपालीको चाहाना राखेर देश निर्माणमा अघि बढेको बताउनुभयो ।
मनमोहन नेतृत्वको सफल गृहमन्त्रीका रुपमा केपी शर्मा ओलीले काम गरेको उल्लेख गर्नुहुँदै बाँकी रहेका सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ, आफैँ बनाऔँ लगायतका कार्यक्रमलाई जनमुखी र मूर्तता दिन प्रधानमन्त्री लागिपरेको मुख्यमन्त्री राईले बताउनुभयो ।
मनमोहन प्रधानमन्त्री र उहाँका भाइ भरतमोहन अर्थमन्त्री भएको बेला शुरु गरिएको ज्येष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षा र लोक कल्याणकारी कार्यक्रम त्यसयताका कुनै पनि सरकारले हटाउन सकेनन्, बरु बढाउन बाध्य भएका छन् ।
एमालेले १ सय रुपियाँबाट शुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको छ र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्र ५ हजार पुर्‍याउने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button