तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय युवराज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिजुली मर्मत गर्ने क्रममा पोलमा चढेका शर्माको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । मृतक विद्युतका कर्मचारी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button