बझाङ प्रहरीको अनिवार्य मास्क अभियान

बझाङ।मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको दर बढिरहेको बेला बझाङको प्रहरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट निस्किएको प्रहरी टोलीले बझाङको सदरमुकाम चैनपुरका चोक–चोक र सडकमा गई माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्ला बासीलाई सचेत बनाएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर कमलप्रसाद चौधरीले बताउनु भएको छ । उहाँले, कोरोना कसैलाई सोधेर लाग्दैन कोरोना लाग्नु भन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु बुद्धिमानीपूर्ण हुनेछ । स्वास्थ्यका मापदण्ड पालना गर्नु अरूका लागी हैन आफ्नै लागी हो । त्यसैले समयमै सचेत नहुँदा पछि हुने क्षतिले पछुताउनु भन्दा बेलैमा सचेत बन्न समेत आग्रह गर्नु भयो ।
कोरोना भाइरस सङ्क्रमणले अन्य छिमेककी राष्ट्रहरूमा भएको भयावह अवस्था आएको छ । हाम्रो जिल्लामा पनि न आउला भन्न सकिँदैन । त्यसैले समयमै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौँ, कोरोना भाइरसबाट आफु पनि बचौँ, अरूलाई पनि बचाऔँ । ’ पसल तथा होटेलहरूमा अनिवार्य रुपमा दुरी कायम गरेर मात्र सामान किन बेच गर्ने गरौँ । विना काम सडकमा हिँडडुल नगरौँ लगायतका सचेतनाका कुराहरू माइकिङ गर्दै जिल्ला प्रहरी कार्यालय बझाङबाट निस्किएको टोलीले सदरमुकाम चैनपुर बजारमा सचेतना फैलाएको छ ।
साथै प्रहरीले घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन, २५ जना भन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दुरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुहरूलाई पनि अनिवार्य माक्स लगाउन, कोरोना भाइरसको लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेसन बेड तथा क्वारेनटिन बस्न समेत आग्रह गरेको छ ।
पछिल्लो समय जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ३ दिनमा १ सय १५ जनाको एन्टिजेन्ट विधिबाट परिक्षण गर्दा ११ जना पुरुष र १७ जना महिला गरी २८ जनामा पोजेटिभ देखिएको छ भने, १ जनाको मृत्यु भैसकेको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्