तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से झन्डै तीन प्रतिशतले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से झन्डै तीन प्रतिशतले घटेको छ । यस दिन नेप्से सूचक ७५.७९ अङ्कले घटेर २५७२.२२ विन्दुमा झरेको छ ।
बढ्दो कोरोनाको त्रास र लकडाउनको हल्लाले शेयर बजार पछिल्लो केही दिन यता लगातार घट्न थालेको छ । आइतबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा नेप्से सूचक २.८६ प्रतिशतले घटेको हो ।
आइतबार २१५ वटा कम्पनीहरूका १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस दिन कारोबारमा आएका कम्पनीहरूमध्ये १७६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button