तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा सोमबारदेखि लकडाउनको घोषणा

बाँके । बाँकेमा लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोलि (सोमबार) १३ गतेदेखि आगामी वैशाख २० गते राती १२ बजेसम्मका लागि जिल्लाभर लकडाउनको आदेश जारी गरेको हो ।
जिल्लाभर लकडाउन जारी गरिएसँगै बाँकेका ८ वटै पालिकामा हिँडडुल, सभा, जुलुश लगायतका गतिविधिमा रोक लगाइने भएको छ । लकडाउनको उलङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button