तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

पर्वत । पर्वत अस्पतालमा आज दिउँसो एक जना कोरोना सक्रमितको मृत्यु भएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङका ७५ वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा.भोजराज गौतमका अनुसार होम आइसोलेसनमा रहेका ती व्यक्ति आज बिहान श्वासप्रश्वासमा समस्या भएपछि पर्वत अस्पतालमा आउनुभएको थियो ।
स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि ल्याएका उहाँको उपचार शुरु नगर्दै मृत्यु भएको हो । जिल्लामा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
अहिले जिल्लाभर सक्रिय संक्रमित १६ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौतमले बताउनुभयो । १४ जना होम आइसोलेसन र दुई जना कोभिड अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button