तपाईँ सुन्दै हुनुहुन्छः

इतिहास रचेको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली राष्ट्रिय क्रिकेट टिमलाई  बधाई दिनुभएको छ ।

नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि–२०  क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विजय भएकोमा प्रधानमन्त्री ओलीले नेपाली राष्ट्रिय टिमलाई बधाई दिनुभएको हो ।

नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास  तोड्दै शानदार विजय हासिल गरेको भन्दै प्रधानमन्त्री ओलीले आज ट्विट मार्फत बधाई ज्ञापन गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button