भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी
काठमाडौँ । नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बन्नुभएको छ । पाँच खेलमा चार अर्धशतकसहित कूल २७८ रन बनाउनुभएका उहाँ ‘प्लेयर अफ दि सिरिज’ घोषित हुनुभएको हो ।
प्लेयर अफ दि सिरिज हुनुभएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नुभयो । उहाँले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेसियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाउनुभयो । भुर्तेल एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ । उहाँले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अर्धशतक बनाउने कीर्तिमान समेत बनाउनुभएको छ ।
यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बन्नुभएको छ । उहाँले सिरिजको पाँच खेलमा १३ विकेट लिनुभयो । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी समेत बन्नुभएका लामिछानेले १०१ खेलमा १३८ विकेट लिनुभएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्