तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकपः क्यामरुनलाई हराउँदै रुपन्देही बन्यो विजेता 

भोजपुर । गोर्खा ब्वाइज क्लब रुपन्देहीले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
भोजपुरको टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई १ गोलले पराजित गर्दै गोर्खा ब्वाइज क्लब रुपन्देही विजेता बनेको हो ।
खेलको निर्धारित समय ९० मिनेटमा दुवै टिमका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि थप गरिएको अतिरिक्त समयको छैटौँ मिनेटमा गोर्खा ब्वाइज क्लब रुपन्देहीका तर्फबाट पेपेले गोल गरेका थिए । क्यामरुनका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि पेपेले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
विजेता गोर्खा ब्वाइज क्लब रुपन्देहीले नगद ५ लाख र उपविजेता अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनले ३ लाख प्राप्त गरेका छन् ।
प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएसन, क्यामरुनको टिमसहित आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा यूथ क्लब मोरङ, धनकुटा फुटबल क्लब, धनकुटा, रेड हर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाङ गोर्खा ब्याइज क्लब, रुपन्देही गरी ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button